
२७ फागुन, काठमाडौं । काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न आरोपमा ५ जनालाई गोकर्णेश्वर नगरपालिका-५ बाहुनधाराबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ का २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सखुवासभा घर भएका २४ वर्षीय योगराज लिम्बु, झापाको बुद्दशान्ति गाउँपालिका-६ का २० वर्षीय दिपेश मगर र सुर्खेतको मेलकुनादचोरका २४ वर्षीय विशाल राना छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ५ थान चोरीका मोटरसाइकल र २ थान साइकलसमेत बरामद गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई यसबारे महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4