+
+
Shares

प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते २१:२९

२८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् ।

उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’

माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’

२४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गर्छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । तर, गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले विरोध गरेको देखिएको छैन ।

सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आपत्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध अन्यले पनि विरोध गरिरहेका छन् ।

सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् । राजनीतिक विषयवस्तुलाई कटाक्ष गरिएको यो पहिलो गीत भने होइन । पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चाएको थियो ।

शर्माको सो गीतविरुद्ध २०७५ सालमा तत्कालीन एमालेले विरोध गरेका थिए । विरोध चर्किएपछि शर्माले युट्युवबाट गीत हटाएका थिए । तर, केही महिनापछि परिमार्जनसहित पुनः पोस्ट भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?