+
+

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

रासस रासस
२०७९ वैशाख १ गते १८:५३
कालिञ्चोकबाट देखिने हिमालको दृश्य ।

१ वैशाख, चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो ।

देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् । तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी पशुराम घिमिरेले बताए । कालिञ्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।

नयाँ वर्षमा आउने पर्यटकका लागि कालिञ्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन् । दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिएसँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ । कालिञ्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी सैलुङ, खरिढुङ्गा, फिलिमसिटी गुराँसपार्कलगायत क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?