+
+
Shares

मुुक्तकमैया शिविरमा आगलागी, ७१ घर जले, ३०० जना विस्थापित

जनक विष्ट जनक विष्ट
२०७९ वैशाख ११ गते २३:५२

११ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ को रामपुरमा आगलागी हुँदा ७१ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

रामपुरस्थित विपतपुर मुक्त कमैया शिविरमा भएको आगलागीबाट उक्त संख्याका कच्ची घर जलेर पूर्णरुपमा नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार आइतबार दिउँसो गहुँको नल बाल्न सल्काइएको आगो बस्तीमा पसेको हो । आगलागीबाट विपतपुर मुक्त कमैया शिविरमा रहेका करीब ७१ वटा कच्ची घर जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको जोशीले जानकारी दिए ।

विपतपुर शिविरमा पुगेका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आगलागीबाट ७० देखि ७३ घर जलेर पूर्ण रुपमा नष्ट भएको अनुमान गरिएको बताउँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त गर्न नसकिएको बताए ।

आगो निभाउन धनगढी उपमहानगरपालिका, टीकापुर र घोडाघोडी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । स्थानीय र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि बेलुकासम्म पनि पूर्णरुपमा निभेको भने छैन ।

जोशीले शिविरमा भएको आगलागीबाट त्यहाँ बसोबास गर्दै आएका बालबालिका, वयस्क, वृद्धवृद्धा समेत गरेर विभिन्न उमेर समूहका करिब साढे तीन सय जना विस्थापित भएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा अस्थायी टेन्ट बनाएर विस्थापित भएकाहरुलाई राखिएको छ । कैलारी गाउँपालिकाको सहयोगमा खाना खुवाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?