+
+

विराटनगरको मेयरमा कांग्रेसको उम्मेदवार नागेश कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ११:२०

१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।  मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो ।

अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । नागेश भने डा. शेखर कोइराला निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?