+
+
Shares

सेनाको हेलिकप्टर चढेर दमौली आए प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते १५:०३

२४ वैशाख, तनहुँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली आएका छन् ।

शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ आएका हुन् ।

देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ आएका छन् ।

बिहान साढे १० बजे सुरु हुने भनिए पनि बुटवलमा भएको चुनावी सभालाई देउवाले प्राथमिकता दिँदा दमौलीको कार्यक्रम साढे एक बजेलाई सरेको थियो ।

हेलिकप्टरबाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधन चढेर कार्यक्रमस्थलमा पुगेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?