+
+

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ ३ गते ७:२४

३ जेठ, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष– उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्षमा कांग्रेसका बबिकुमार राई र उपाध्यक्षमा माओवादीका दिनेश पौडेल निर्वाचित भएका हुन् ।

कांग्रेस र माओवादी तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष राई ८ हजार २५३ मतसहित विजयी हुँदा एमाले उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९१६ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित माओवादीका पौडेलले ५ हजार ६२६ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला राईले ५ हजार ४५५ मत मात्रै ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित मिक्लाजुङको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो । दुई दलले गठबन्धन गर्दा नौवटा वडा रहेको मिक्लाजुङमा पाँचवटामा कांग्रेस, दुईवटामा माओवादी र दुई वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मिक्लाजुङ– १ को अध्यक्षमा कांग्रेसका पर्वत राई, २ मा बलबहादुर श्रेष्ठ, ४ मा विशाल राई, ६ मा खडीबहादुर मगर र ९ मा सेमन्तराज दाहाल चुनिएका छन् ।

एमालेबाट ३ मा सन्तोषकुमार थापामगर र ७ मा सुशीलराज चौहानले वडा अध्यक्ष जिते । माओवादीबाट ५ मा मेघराज तामाङ र ८ मा पूर्णबहादुर कुँवर निर्वाचित भएका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?