+
+

सनिश र केशुले जिते मिस्टर र मिस सुप्रान्यासनल नेपालको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १८:२०

काठमाडौँ । सनिश श्रेष्ठ र केशु खड्काले ‘मिस्टर एण्ड मिस सुप्रान्यासनल २०२२’को उपाधि जितेका छन् ।

काठमाडौंको सोल्टी होटलमा आयोजित ग्रान्ड फिनालेमा श्रेष्ठले मिस्टर र खड्काले मिस तर्फको शीर्ष उपाधि जितेका हुन् । विजेता दुवैले ७ लाख रुपैयाँ बराबरको पुरस्कार र विभिन्न गिफ्ट हात पारे ।

मानसकुमार राई र अदिती अधिकारी फस्ट रनरअप अप घोषित भए भने अनिश कार्की र एरी तुलाधर सेकेन्ड रनरअप भए । विजेताद्वय श्रेष्ठ र खड्काले आगामी जुलाईमा पोल्याण्डमा हुने मिस्टर र मिस सुप्रान्यासनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

फिनालेको निर्णायकमा भरो भार्गोस (मिस्टर सुपरनेसनल २०२१), एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेसनल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) डा. सन्तोष उपाध्याय राष्ट्रिय निर्देशक मिस्टर एण्ड मिस सुप्रानेसनल नेपाल, सोनना अमात्य, किशोर महर्जन थिए ।

एक सय बढी आवेदकको अडिसनबाट २० प्रतिस्पर्धी छानिएका थिए । छानिएका प्रतियोगीले फाइनल अगाडि फिटनेस राउण्ड, ट्यालेन्ट राउण्ड, स्विम वेयर राउण्ड र टप मोडल राउण्डमा आफूलाई निखार्ने कार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?