+
+

डिपार्टमेन्ट स्टोरबाट सामान चोरी गरेको आरोपमा चण्डोलबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:२९

२५ जेठ, काठमाडौं । प्रहरीले योयोसो डिपार्टमेन्ट स्टोरबाट सामान चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ गौशाला घर भई हाल वडा-४ मा बस्‍ने ५१ वर्षीय मुना सिंह रहेका छन् ।

उनलाई २३ गते सोमबार चण्डोलबाट काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले योयोसो सुपर मार्केटको विभिन्‍न शाखा कार्यालयबाट सामान किन्‍ने बहाना बनाइ चोरी गर्दै आएको प्रहरीको दाबी छ।

उनको साथबाट प्रहरीले जी जी कम्पनीको सानो हाते प‌ंखा, एम लेखिएको सानो हाते प‌खा, ४ थान हुक, वुडन मिरर लेखिएको १ थान ऐना, ९ थान टेबुल, जेन्ड्स अन्डरवेयर ३ थान, स्पिकर १ थानलगायत सामान बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?