+
+

भारतमा पब्जी खेल्न नदिएको रिसमा छोराले गरे आमाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ८:२७

२६ जेठ, काठमाडौं । भारतका १६ वर्षीय एक किशोरले अनलाइन खेल पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् । यो घटना भारत लखनउको यमनापुरम कोलोनीको हो ।

भारतको समाचार एजेन्सी पीटीआईका अनुसार १६ वर्षीय किशोरमा पबजीको लत थियो । तर आमाले उनलाई पबजी नखेल्न भन्थिन् । यही झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।

उनका बुवा भारतीय सेनामा कार्यरत छन् । उनी जागिरको सिलसिलामा पश्चिम बंगालमा तैनाथ थिए । घरमा आमा र दुई बच्चा बस्थे । गत आइतबार बिहान ३ बजेतिर पबजीको लतमा रहेका छोराले आमाको हत्या गरे ।

प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

हत्यापछि उनले दुई दिनसम्म आमाको शव घरकै कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै थिइन् । तर उनले बहिनीलाई यो कुरा कसैलाई नभन्न धम्क्याउने गरेको र गन्ध हटाउन रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएको समाचारमा उल्लेख छ । उनका बुवाले छिमेकीलाई भनेपछि प्रहरीसम्म सूचना पुगेको थियो ।

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्टि्रसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । त्यसमा पब्जी पनि एक हो । पब्जीको पूरा नाम ‘प्लेअर अन्नोन ब्याटल ग्राउण्ड’ हो । यो गेम इन्टरनेटमार्फत् इन्ड्रोइड फोनमा चल्छ ।

भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन उपलब्ध थियो । साथै यो खेल खेल्नेहरुले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?