+
+

जिदान फ्रेञ्च क्लबको प्रशिक्षक बनुन् भन्ने फ्रान्सेली राष्ट्रपतिको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते २०:०२

२६ जेठ, काठमाडौं । केलियन एम्बाप्पेलाई पेरिस सेन्ट जर्मेन पीएसजी छाडेर अन्त नजान आग्रह गर्दै आएका फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोनले आफूले जिनेदिन जिदानले फ्रान्समा फर्केर लिग वान् क्लवको प्रशिक्षक बने हुन्थ्यो भन्ने चाहेको बताएका छन् ।

पीएसजीले माउरिसिओ पोचिट्टिनोलाई हटाएर स्पेनिस क्लव रियल मड्रिडका पूर्व प्रशिक्षक जिदानलाई प्रशिक्षक बनाउने हल्ला चलिरहेका बेला राष्ट्रपति माक्रोन पनि उनको पक्षमा देखिएका हुन् ।

‘मैले जिदानसँग कुराकानी त गरेको छैन, खेलाडी र प्रशिक्षकको रुपमा म उनको प्रशंसा गर्छु’, खेलसम्बन्धी अनलाइन आरएमसीसँगको कुराकानीमा उनले भने ।

रियल मड्रिडका लागि ३ पटक च्याम्पियन्स लिग जिताएका जिदानले फेञ्च क्लबलाई पनि त्यस्तै सफलता दिलाउन् भन्ने आफ्नो चाहना रहेको माक्रोनले बताए ।

‘फ्रान्स खेलकुद र फुटबलका लागि उत्कृष्ट राष्ट्र हो, यहाँ खेललाई माया गर्ने व्यक्तिहरू छन्, हामीले तालिम दिएका उत्कृष्ट खेलाडीहरू, जो अन्तर्राष्ट्रिय स्तरमा चम्केका छन्, उनीहरुलाई फिर्ता आउ भन्नु मेरो जिम्मेवारी हो’, माक्रोनले भने ।

केही दिनअघि स्पेनिस क्लव रियल मड्रिडले एम्बाप्पेका लागि चासो दिइरहेका बेला माक्रोनले उनलाई फान्समै बस्न आग्रह गरेका थिए । ‘मैले एम्बाप्पेलाई फ्रान्समै बस्न सल्लाह दिएको थिएँ,’ उनले भने, ‘देशको रक्षा गर्नु मेरो जिम्मेवारी हो ।

– एजेन्सीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?