+
+

गाई र भेडाले डकार्दा किसानले जरिवाना तिर्नुपर्ने !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १२:१२

मानिसका कैयन् गतिविधिले पर्यावरणमा असर पारिरहेको हुन्छ । विश्वका देशहरूले पर्यावरण संरक्षणका लागि निरन्तर काम गरिरहेका छन् र विभिन्न वातावरण कानुनहरू तर्जुमा गरी कार्यान्वयन गरिरहेका छन् ।

यहीँ मेलोमा न्युजिल्याण्डले एउटा अहम निर्णय गरेको छ । कृषिबाट हुने हरितगृह ग्याँस उत्सर्जन न्यूनिकरणका लागि न्युजिल्याण्डले एउटा अनौठो निर्णय गरेको हो । त्यहाँ एउटा यस्तो कानुनको मस्यौदा तयार गरिएको छ, जस अनुसार अब घरपालुवा गाईबस्तुले डकारेमा सम्बन्धित किसानले जरिवाना तिर्नुपर्नेछ ।

उक्त मस्यौदा कानुन अनुसार अब न्युजिल्याण्डका किसानले पालेका गाईबस्तु तथा भेडाले डकार्दा हरेक पटक सरकारले जरिवाना असुली गर्नेछ ।

पर्यावरण मन्त्रालयका अनुसार उक्त कानून पारित भएर कार्यान्वयनमा आएमा न्युजिल्याण्ड घरपालुवा पशुले उत्सर्जन गर्ने हरितगृह ग्याँसवापत किसानबाट रकम असुल्ने विश्वकै पहिलो देश बन्नेछ ।

एक रिपोर्ट अनुसार ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा १ करोड गाईगोरु तथा २ करोड ६० लाख भेडा छन् । न्युजिल्याण्ड विश्वको ठूलो कृषिउपज निर्यातक मुलुक हो । न्युजिल्याण्डमा हुने हरितगृह ग्यास उत्सर्जनको आधा हिस्सा त कृषि क्षेत्रबाट हुने गर्दछ । कृषि क्षेत्रबाट उत्सर्जन हुने हरितगृह ग्याँसमा मिथेन मुख्य हिस्सा ओगटेको हुन्छ ।

सरकार तथा कृषकका प्रतिनिधिहरु समेतको सहभागितामा तयार पारिएको उक्त मस्यौदा अनुसार सन् २०२५ बाट उक्त कानुन कार्यान्वयन हुनेछ ।

न्युजिल्याण्डका ज्लवायु परिवर्तन मन्त्रीका अनुसार साना र ठूला कृषि फार्मका लागि ग्यास उत्सर्जनवापतको कर फरक फरक हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?