+
+

विद्युत् प्राधिकरणका कर्मचारी मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १८:४२
फाइल तस्वीर

१४ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका एकजना कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

कैलालीको मनिकापुर–७ घर भइ हाल काठमाडौंको टोखा–१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मंगलबार बिहान साढे ९ बजे मृत अवस्थामा भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

हालसम्म मृत्युको कारण नखुलेको एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?