+
+

नेइमारको लागि ठुलो ट्रान्सफर रकम खोज्दै पीएसजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १३:१७

१५ असार,  काठमाडौं । पेरिस सेन्ट-जर्मेनसँग सम्झौता नविकरणमा हस्ताक्षर गरेको एक वर्षपछि नेइमारको क्लबसँगको भविष्य शंकाको घेरामा छ । तर नेइमारको विषयमा निकासको कुनै स्पष्ट रणनीति भने छैन । यी ब्राजिलियन फरवार्डको सम्झौता २०२५ सम्म छ ।

ला इक्विपेका अनुसार त्यो सम्झौता स्वत २०२७ जुलाईसम्म नवीकरण हुनेछ । फलस्वरुप फ्रेन्च महाराथी क्लब पीएसजीले नेइमारको बदलामा २२० मिलियन यूरोको ट्रान्सफर शुल्क खोजिरहेका छ ।

एमबाप्पे र लियोनेल मेस्सी पनि टिममा भएपछि पीएसजीले मागे अनुसारको ट्रान्सफर रकम पाएमा नेइमारलाई रिलिज गर्ने छ ।

पीएसजी निर्देशकहरूले नेइमारलाई सिजनको समाप्तिपछि नयाँ क्लब खोज्न भनेको विषयमा मार्काले दुई साताअघि नै समाचार संप्रेषण गरेको थियो ।

बार्सिलोनाबाट २२२ मिलियन युरोमा पीएसजी पुगेपछि नेइमार फुटबल इतिहासमा सबैभन्दा महँगोमा अनुबन्धन हुने खेलाडी बनेका थिए ।

तर नेइमार पीएसजीमा रमाएनन् । उनी चाँडै नै पछुताए र रियल म्याड्रिड र बार्सिलोनासँग वार्ता गरे, तर उनीसँग कुनै बाटो थिएन । र परिणाम स्वरूप,  उनले नयाँ सम्झौतामा हस्ताक्षर गरे ।

प्रति सिजन ४५ मिलियन यूरो नेट मूल्य रहेको नेइमारको वार्षिक आम्दानी लगभग ९० मिलियन यूरो रहेको फोर्ब्सको दाबी छ । यो केवल क्रिस्टियानो रोनाल्डो र मेस्सी पछि हो । तर जुलाई १ सम्ममा एमबाप्पेले नेइमार, रोनाल्डो र मेस्सी तीनैलाई उछिन्न सक्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?