+
+
Shares

एमसीसीमा १२ बुँदे घोषणाबारे अमेरिकाको धारणा माग्ने निर्णय गरेका छौं : नारायणकाजी  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १८:३४

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठकले एमसीसीको व्याख्यात्मक घोषणाबारे अमेरिकाको धारणा माग्न सरकारलाई आग्रह गरेको बताएका छन् । आइतबार फेसबुकमा स्टाटस लेख्दै उनले एमसीसीको १२ बुँदे व्याख्यात्म घोषणामा अमेरिकाले प्रतिक्रिया नै नदिएको बताए ।

‘उक्त घोषणा अमेरिकाले स्वीकार नगरेको खण्डमा एमसीसी सम्झौता स्वत: खारेज हुने व्याख्या संसदमा नै गरिएको थियो’ श्रेष्ठले पार्टी निर्णयबारे फेसबुकमा लेखेका छन्, ‘तर एमसीसीमा अमेरिकाले अहिलेसम्म १२ बुँदे घोषणाका बारेमा कुनै प्रतिकृया दिएको देखिएको छैन ।  तसर्थ नेपाल सरकारले यथाशीघ्र एमसीसी अमेरिकासंग १२ बुँदे घोषणाको सम्बन्धमा उसको धारणा स्पष्ट गर्न माग गर्दै पत्र लेख्नुपर्छ ।’

श्रेष्ठले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय सरकारले छिटो पत्राचार गर्नुपर्ने निर्णय पनि गरेको बताएका छन् । ‘यस सम्बन्धमा सरकारले तत्काल अमेरिकी सरकारलाई पत्र लेखी औपचारिक जानकारी गराइहाल्नु पर्दछ’ उनले माओवादीको निर्णयबारे भनेका छन् ।

माओवादीले एमसीसी सम्झौताका बारेमा पार्टीभित्रको मतभेद संघीय संसद र प्रदेशसभाको निर्वाचनपछि छलफल चलाउने निर्णय गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?