+
+

स्वास्थ्य प्रयोगशालाको सेवा शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १५:३०

५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले ज्ञापनपत्र बुझाएको छ ।

मन्त्रालयबाट हालै स्वीकृत गरेको ५, १० र १५ बेडको आधारभूत अस्पतालको संगठन संरचनामा स्वास्थ्य प्रयोगशालाको दरबन्दीमा जनस्वास्थ्य ऐन विपरीत अवैज्ञानिक भएको मेलानको भनाइ छ ।

प्रयोगशालामा कार्यरत जनशक्तिहरुको अबिलम्व व्यवस्थापन गर्नुपर्ने, जनस्वास्थ्य नियमावली बमोजिम स्थानीय तहमा ‘ई’ र ‘डी’ वर्गको प्रयोगशाला दर्ता गर्ने व्यवस्था भए पनि प्रयोगशाला दर्ता गर्दा गुणस्तर, नियन्त्रण र अनुगमनका आधारमा हुनुपर्ने लगायतका माग राखेर मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाइएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए ।

स्वास्थ्य प्रयोगशाला सेवाको शुल्क वैज्ञानिक ढंगले निर्धारण गर्नुपर्ने मेलानको माग छ । सरकारी क्षेत्रमा कार्यरत स्थायी कर्मचारी सरह करार तथा ज्यालादारी सेवा अन्तरगत रहेका प्रयोगशालाकर्मीहरुलाई न्युनतम पारिश्रमिक, जोखिम भत्ताको व्यवस्था लगायतका सेवा सुविधाको सुनिश्चितता हुनुपर्ने माग मेलानले राखेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खापुङले मेलनले राखेको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?