+
+

अब विराटनगरबाटै सवारी लाइसेन्सको परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १८:२३

१२ साउन, विराटनगर । प्रदेश १ सरकारले विराटनगरबाट पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा लिने प्रक्रिया सुरु गरेको छ ।

बिहीबार विराटनगरस्थित यातायात व्यवस्था सेवा कार्यालयले पनि लाइसेन्सको अनुमति पत्रका लागि अनलाइन आवेदन आह्वान गरेको छ । आवेदन भरेकाहरुले विराटनगरमा नै लिखित र  प्रयोगात्मक परीक्षा दिन पाउनेछन् ।

यसअघि प्रदेश १ मा इटहरी र विर्तामोडबाट मात्रै हुने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षालाई सेवा कार्यालयमार्फत धनकुटा, उदयपुर र इलाममा विस्तार गरिएको थियो ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?