+
+

लोकस्टारको होस्टमा प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १२:१४

काठमाडौं । गायक प्रकाश सपुतले टेलिभिजन रियलिटी शो सञ्चालन गर्ने भएका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको ‘हिमालय लोकस्टार सिजन २’बाट उनी सञ्चालकको रुपमा देखा पर्नेछन् ।

हिमालय टेलिभिजनले निर्माण तथा प्रसारण गर्ने लोकस्टार नेपालको मौलिक रियालिटी शो हो । अहिले यसको निर्माण धमाधम भइरहेको हिमालय टेलिभिजनले जनाएको छ ।

पछिल्लो समयका सर्वाधिक चर्चित गायक हुन्, प्रकाश । ‘बोल माया’ गीतबाट एकाएक लोकप्रिय बनेका प्रकाशले त्यसपछि जति पनि गीत सिर्जना गरेका छन्, ती सबैले समाजलाई तरंगित बनाएको छ । प्रेम र वियोगका माधुर्य भाका मात्र होइन, उनले त्यसभित्र सामाजिक विभेद, उत्पीडन, छलकपट, राजनीति जस्ता मुद्दालाई पेचिलो ढंगले समिश्रण गर्ने गरेका छन् । सोही कारण प्रकाशले सिर्जना गरेका गीत-संगीतले हरेक पटक नयाँ नयाँ बहस सिर्जना गरिरहेका छन् । मेरो पनि हैन र यो देश, बदला बरि लै, कुरा बुझ्नुपर्छ, पीर जस्ता उनका संगीत सिर्जना अत्यधिक रुचाइएको छ ।

उनै प्रकाश यसपालि भने सांगीतिक रियालिटी शोबाट सञ्चालकका रुपमा पर्दापण हुने भएका हुन् । उनलाई मञ्चमा अर्की महिला सञ्चालकले साथ दिनेछन् । यद्यपि उक्त सञ्चालकको नाम भने निर्माण समूहले अहिलेसम्म खुलाएका छैनन् ।

कार्यक्रममा चर्चित लोकगायक कुमार बस्नेत, रामजी खाँड, ज्योति मगर र कुलेन्द्र विश्वकर्मा निर्णयकको रुपमा रहेका छन् । चर्चित संगीत संयोजक एवं संगीतकार आशिष अविरल संगीत निर्देशकका रुपमा रहेका छन् । कार्यक्रमलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।

३० भागको यो रियालिटी शोमा डिजिटल अडिसनमार्फत हजारौं प्रतिभाहरुले आवेदन दिएको र फिजिकल अडिसनमा सहभागी हुने प्रतिभाको समेत छनोट भइसकेको छ ।

हिमालय लोकस्टार-२ हिमालय टेलिभिजनमा हरेक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुने तय भएको छ । कार्यक्रमका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस कार्यक्रमको खाका तयार गरिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?