
९ भदौं, काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा प्रत्यक्षतर्फ पनि लगातार उम्मेदवार बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने प्रस्ताव आएको छ ।
बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा डा.विन्दा पाण्डेले एक व्यक्तिले दुईपटक भन्दा धेरै चुनाव लड्न नपाउने व्यवस्था गर्नु राम्रो हुने प्रस्ताव राखेकी हुन् । ‘एउटै व्यक्ति लगातार कति वटा चुनाव लड्ने हो ? यसबारे पनि व्यवस्था गरौं’, पाण्डेको प्रस्ताव थियो ।
उनले आगामी चुनावमा प्रत्यक्षतर्फ महिला उम्मेदवार संख्या अधिकतम बढाउनुपर्ने प्रस्ताव गरिन् । अर्का नेता निरु पालले एउटै व्यक्तिलाई दुईपटक भन्दा धेरै समानुपातिक कोटामा राख्न नहुने सुझाव राखिन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि उनले आगामी चुनावमा अहिलेका समानुपातिक सांसद कसैलाई पनि दोहोर्याउन नहुने प्रस्ताव गरेकी छन् ।
‘एकपटक समानुपातिक सांसद भइसकेपछि त आफ्नो फिल्ड बनाउनुपर्यो नि’ पन्तको प्रस्ताव थियो, ‘सधैं पार्टीले सांसद बनाइरहने गर्नु हुँदैन ।’
प्रतिक्रिया 4