
काठमाडौं । नेसनल डिजाइनर रनवे २०२२ को उपाधि सामुयल अकोन्थासले जितेका छन् । मोडल सङ्स नेपालले आयोजना गरेको प्रतिस्पर्धामा विजेता बनेसँगै उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
लक्ष्मी श्रेष्ठ र निकिता श्रेष्ठले संयुक्त रुपमा फस्ट रनरअपको उपाधि जित्दा ब्ल्याक फिन्सले सेकेण्ड रनर अपको उपाधि पोल्टामा पारे । उनीहरुले क्रमशः ३० हजार र २० हजार रूपैयाँ प्राप्त गरे ।
निर्णायकमा सविन ढुंगाना, दीपक घिमिरे, गोमा तिवारी र तृष्णा गुरुङ थिए । विजेता छनोटअघि पूर्वविजेता सहितका अन्य फेसन डिजाइनरले तयार पारेका परिहनलाई ६० जना मोडलले रोजिन शाक्यको कोरियोग्राफीमा र्याम्पमा प्रदर्शन गरेका थिए ।
आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुतले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै तीन महिनापछि ‘द नेसनल डिजाइनर रनवे विन्टर सिजन’ गर्ने घोषणा गरे ।
कार्यक्रममा गायक विनोद ढकालले ‘ब्रुम ब्रुम’ र ‘उकालीमा पनि हजुर रेलै जाँदो रै’छ’ बोलको गीत गाए । ग्लोबल अनलाइन पे र जीओपी बजारको प्रायोजनमा आयोजित कार्यक्रमको फेसन स्टाइलिस पार्टनरमा मृगतृष्णा फेसन प्रोडक्सन, जीएसके भर्सटाइल, अर्किड फेसन स्टुडियो, सारा श्रेष्ठ, मायाली क्रिएसन र वन्त योर विस थिए ।
प्रतिक्रिया 4