+
+

भृकुटीमण्डपमा सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १८:०२

२३ भदौ, काठमाडौं । काठमाडौंमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरे ।

एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार विस्तार भइरहेको देख्दा खुसी लागेको बताए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तीब्रता दिनु पर्ने भन्दै उनको भनाइ थियो ।

एक्स्पो आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ । एक्स्पो साँझ ६ बजेसम्म खुल्ला राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?