
२७ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर कम्पनीको सेयर सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६३ करोड २६ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
कम्पनीको आयोजना प्रभावित स्थानीयलाई जारी गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारणलाई निष्कासन गरेको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापक सेयरधनीको ३२ लाख २६ हजारकित्ता सेयर सूचीकृत भएको हो ।
२६ असोजमा नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको कम्पनीको सेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4