+
+

महिला क्रिकेटमा पुलिस र लुम्बिनी सेमिफाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १८:२८

२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा प्रदेश १ ले कर्णाली प्रदेशलाई हराएको छ । पहिलो जित हात पारे पनि प्रदेश १ नेट रनरेटका आधारमा लुम्बिनीसँग पछि परेपछि समूह चरणबाट बाहिरिएको छ ।

रनरेटका आधारमा लुम्बिनी प्रदेश १ भन्दा माथि हुँदै रहँदै समूह बी बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

यससँगै समुह बी को सेमिफाइनल समीकरण पूरा भएको छ । लुम्बिनीलाई ९७ रनले पराजित गर्दै पुलिस सेमिफाइनल प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको कर्णाली प्रदेशले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । कर्णलीका लागि ओपनर ब्याटर यमुना थारुले सर्वाधिक २१ रन बनाएकी हुन् । अर्की खेलाडी बिना थापाले ११ रन बनाइन् भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश नम्बर १ का लागि लकिता राजवंशीले सर्वाधिक ४ विकेट लिइन् । अर्की बलर अलिशा खडियाले ३ विकेट लिइन् । निशा शाह र भवानी कमाटीले समान १ विकेट लिइन् ।

कर्णलीले दिएको ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

प्रदेश नम्बर १ का लागि ओपनर ब्याटर निशा शाहले सर्वाधिक १८ रन बनाइन् । अर्की ओपनर सानु राजवंशी २ रनमा र भवानी कमाटी ३ रनमा बोल्ड आउट भएका हुन् । लकिता राजवंशी १४ मा र नमिता श्रेष्ठ ८ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?