+
+

लकडाउनले चीनमा एप्पललाई झट्का, आइफोन उत्पादन र आपूर्ति प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १२:४०

चीनका कतिपय सहरहरु अहिले लकडाउनमा छन् । चीनको झाङझउ सहरमा पनि एक साता लामो लकडाउन जारी गरिएको छ । उक्त सहरमा फक्सकन टेक्नोलोजीको सबैभन्दा ठूलो आइफोन उत्पादन कारखाना समेत छ ।

लकडाउनबाट आइफोनको सबैभन्दा ठूलो कारखाना तथा सप्लायरमा ताला लागेसँगै यसले आइफोनको विश्वव्यापी आपूर्तिमा असर गर्ने बताइएको छ ।

बिजनेस स्टाण्डर्डको रिपोर्ट अनुसार चीन सरकारले झांङझउस्थित फक्सकनको प्रमुख आइफोन कारखाना आसपासका क्षेत्रमा नोभेम्बर ९ सम्मका लागि एक हप्ते लकडाउन गरेको छ ।

चीन सरकारले लकडाउन लगाएका क्षेत्रमा सबै किसिमका सवारी साधन सञ्चालनमा रोक लगाएको छ भने व्यावसायिक गतिविधि पनि ठप्प छन् ।

ताइबानी कम्पनी फक्सकन एप्पलको आपूर्ति श्रृंखलाको सबैभन्दा ठूलो सप्लायर हो । कोरोना महामारीपछि कम्पनीले आफ्ना २० हजार कर्मचारीमध्ये केहीलाई क्वारेन्टिनमा राख्न बाध्य भएको छ । त्यस्तै कतिपय कर्मचारीलाई जागिरबाट निकालिएको छ भने कतिपयले राजीनामा दिएका छन् ।

पछिल्लो लकडाउनका कारण कम्पनीलाई नयाँ कर्मचारी भर्ना तथा भर्ना भएका कर्मचारीलाई काममा ल्याउन पनि समस्या पर्नेछ ।

लकडाउनका कारण फक्सकनलाई आफ्नो सञ्चालन जारी राख्न र उत्पादित सामग्री पठाउन समस्या पर्नेछ । यद्यपि पछिल्लो लकडाउनका विषयमा फक्सकन र एप्पल दुवैले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?