+
+

ह्वावे र वेब सर्फरबीच डिजिटल रूपान्तरणसम्बन्धी साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १७:४८

काठमाडौं । वेब सर्फर र ह्वावेबीच डिजिटल रूपान्तरण सम्बन्धी पार्टनरसीप गर्ने बारे सम्झौता भएको छ । सम्झौता सँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउने सहमती भएको हो । यसैवर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसन र अप्टिकल, इन्टेलिजेन्ट प्रविधि प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्ने भएको छ ।

पार्टनरसीपले ताजा सोलुसन द्धारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विज्ञप्तीमा उल्लेख गरिएको छ । ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर लगानीको परिणाम रहेको समेत बताइएको छ । यसको बढ्दो प्रयोगकर्ता आधारले नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

हुवावले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता प्रदान गर्ने भएको छ । ह्वावेले वेब सर्फरका कर्मचारीलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने जनाइएको छ । ‘यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो, जसले दुई कम्पनीका लागि वीन–वीन लाभ सिर्जना गर्नेछ’, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने । वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले साझेदारीबाट आफु उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?