+
+

१०० क्षेत्रको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २२:१२

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनको १०० निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १०० निर्वाचन क्षेत्रको मत परिणामअनुसार नेपाली कांग्रेसले ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ ।

एमाले दोस्रो स्थानमा छ । एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ ।

नेकपा माओवादी केन्द्रले ९ सिट जित्दा ७ सिटमा मात्रै अग्रता कायम गर्न सकेको छ । एकीकृत समाजवादीले ९ क्षेत्रमा निर्वाचन जितेको छ भने अझै एक स्थानमा अग्रता बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हात पारेको छ भने एक क्षत्रेमा अग्रस्थानमा छ ।

राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छ ।
२ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रस्थान लिएको छ ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक स्थानमा जितेका छन् । स्वतनत्र उम्मेदवारहरुले चार क्षेत्रमा जित हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?