+
+

हलिउड फिल्म निर्देशन गर्दै गायिका टेलर स्वीफ्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १७:५२

काठमाडौं । गायिका टेलर स्वीफ्टले ‘रेड’ नामक १० मिनेटको छोटो फिल्म निर्देशन गरेर सबैलाई चकित तुल्याएकी थिइन् । यो फिल्मले लङफर्म भिडियो विधामा केही अवार्ड पनि जित्यो ।

यसको सफलतापछि अब भने गायिका स्वीफ्टले फिचर फिल्म निर्देशन गर्ने भएकी छन् । भेराइटी म्यागजिनका अनुसार सर्चलाइट पिक्चर्सको फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्नेछिन् । अहिले फिल्मको पटकथा लेखनको काम भइरहेको जनाइएको छ ।

सर्चलाइटले निर्माण गरेका फिल्महरु ‘नोम्याडल्याण्ड’ र ‘सेप अफ वाटर’ले यसअघि ओस्कार अवार्ड जितिसकेका छन् । फिल्मको कथा र चरित्र चित्रणबारे विस्तृत सार्वजनिक भइसकेको छैन ।

सहकार्यबारे सर्चलाइटका अध्यक्षद्वय म्याथ्यु ग्रीनफिल्ड र डेभिड ग्रीनबाउमले भेराइटीसँग भने, ‘टेलर एक पुस्ताकी कलाकार र कथाकार हुन् । नयाँ रचनात्मक यात्रातर्फ उनीसँग सहकार्य गर्न पाउनु साँच्चिकै आनन्ददायी कुरा हो ।’

संगीतकारको रुपमा टेलरले यसअघि नै अद्वितीय सफलता हासिल गरेकी छन् । स्वीफ्टले भर्खरै मात्र उनको छोटो फिल्म ‘अल टु वेल’ र ‘द म्यान’को लागि एमटीभी भिडियो म्युजिक अवार्डमा दुई उत्कृष्ट निर्देशनको पुरस्कारबाट सम्मानित हुने एक्लो एकल कलाकार बनिन् । उनी ११ पटकको ग्रामी विजेता र तीन फरक अवसरमा वर्षको एल्बम जित्ने एक मात्र महिला कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?