+
+

इटहरी इन्टरनेसनल कलेजका २२७ जना विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १९:३४

काठमाडौं । इटहरीमा रहेको इटहरी इन्टरनेसनल कलेजले २२७ जना विद्यार्थीलाई दीक्षित गरेको छ । सन् २०२२ मा बीएस्सी (अनर्स) कम्पुटिङ र बीए (अनर्स) बिजनेस प्रशासनमा स्नताक गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

बिहीबार आयोजित दिक्षान्त समारोहमा बीए (अनर्स) बिजनेस प्रशासनका १३ जना र बीएस्सी (अर्नस) कम्पुटिङ तह उत्तीर्ण गरेका २१४ जना गरी कुल २२७ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।

दीक्षित उत्कृष्ट विद्यार्थीहरुलाई इनोभेट नेपाल ग्रुपले छात्रवृति उपलब्ध गराएको कलेजको भनाइ छ । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ ।

दीक्षित विद्यार्थीहरुलाई विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसीप डा. वेन्डी ब्लोइसीले प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?