+
+

आज ५१ दिन मनाउँदै ‘महापुरुष’ : ११ करोड हारहारीमा कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १०:१३

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ ।

अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ ।

निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो । जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले अनलाइनखबरसँग भने ।

सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो । सबै उमेर समूहका दर्शक हल पुगेका थिए । मोफसलका प्रमुख सहरमा समेत फिल्मको कमाइ सुखद रह्यो ।

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्मले एकल प्रौढ पुरुषको एक्लोपन, संघर्ष र मनोविज्ञानको कथा भन्छ । त्यो पात्रको जीवनमा प्रेमको प्रवेशपछि आउने आशावादिता र आत्मविश्वासलाई फिल्मले चित्रण गरेको छ । यसवर्ष ५१ दिन सेलिव्रेसन गरेको अर्को फिल्म ‘कबड्डी ४’ले सो अवधिसम्म २२ करोड ८० लाख ग्रस कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?