+
+

अमेरिकी संसदमा हिंसा : ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ९:५८

५ पुस, काठमाडौं । अमेरिकी संसदको एक समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।

राष्ट्रपतिको निर्वाचनबाट ट्रम्प पराजित भएको र जो बाइडन निर्वाचित भएको औपचारिक घोषणाको विरोधमा सन् २०२१ को जनवरी ६ मा उनका समर्थकहरुको भिड संसद भवनभित्र प्रवेश गरी प्रदर्शन र तोडफोड गरेको थियो । सो घटनामा गोली लागेर एक जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न सातजना डेमोक्र्याटिक र दुई जना रिपब्लिकन सांसद रहेको समिति गठन गरिएको थियो । समितिले १८ महिनाको छानबिन पछि ट्रम्पलाई फौजदारी अभियोग लगाउन सिफारिससहितको छानविन प्रतिवेदनको सांराश सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले भने विज्ञप्ति जारी गर्दै आफूले कुनै गल्ती नगरेको जिकीर गरेका छन् । उक्त अनुसन्धान आफूलाई आगामी राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्ने उद्देश्यबाट प्रेरित भएको आरोप उनले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?