+
+

रविको नागरिकता छानबिनको माग गर्दै शीतलनिवास अगाडि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १८:४१

११ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन भएको छ । प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्ट, मनिष रायमाझी र विक्रम आदित्य सिंह गिरी रहेका छन् । गृहमन्त्री लामिछानेको शपथ ग्रहण चलिरहँदा नेविसंघका नेताहरुले शीतल निवास अगाडि प्रदर्शन गरेका थिए ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजञ्जमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?