+
+
Shares

इलाम विमानस्थलमा माघदेखि नियमित उडान गर्ने तयारीमा नेवानि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १९:२९

२४ पुस, काठमाडौं । इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने भएको छ । यसबारे सैद्धान्तिक सहमति भइसकेको र सोमबार मिति तय हुने इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिए ।

‘१ माघदेखि सातामा एक उडान गर्ने भन्नबारे सहमति भएको छ,’ उनले भने, ‘कुन बार, कति बजे उडान हुने निश्चित गर्न सोमबार नेवानिका कर्मचारी आउँदैछन् ।’ यस विमानस्थलमा प्रारम्भमा तारा एयरले नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो ।

तर, यात्रु नपाएको भन्दै ताराले उडान निकाल्यो । त्यसपछि इलाममा उडान भएको छैन ।

इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेवानिलाई यहाँ उडान गर्न आह्वान गरिएको थापाले बताए । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उनले बताए ।

यो विमानस्थलमा गत फागुनमा तारा एयरले उडान गरेको हो । काठमाडौंबाट करिब १ घण्टाको उडान अवधिमा इलाम पुगिन्छ । इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?