+
+

एमालेले थाल्यो ‘मिसन ग्रासरुट’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ९:२९

५ फागुन, काठमाडौं । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट शुरु हुँदैछ । गत माघ २६ गतेको केन्द्रीय सचिवालय बैठकले सातैवटा प्रदेशमा ५ फागुनदेखि अभियान चलाउने निर्णय गरेको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो सवा १२ बजे सबै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्नेछन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यो अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइएको छ । उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?