+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकार र नीति निर्माता उच्च घरानिया र ठूला व्यापारीको सेटिङमा चलेको मेटमणिको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १५:३१

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा सरकार र नीति निर्माताहरु चलेकोले नेपालको अर्थतत्त्र कमजोर भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘नजानेर, नसकेर वा थाहा नपाएर नेपाली अर्थतन्त्र कमजोर भएको होइन । उच्च घरानिया र ठूला व्यापारीहरुको सेटिङमा नेपाल सरकार र नीति निर्माता चलेकोले अर्थतन्त्र कमजोर भएको हो ।’

कूल पुँजीको ६१ प्रतिशत उच्च घरानिया र व्यापारीहरुले उपयोग गरिरहेका गरिरहेको पनि उनले बताए ।

ठूला व्यापारीले सहजै ऋण पाउने र गरिबले अनेकन झन्झट बेहोनुपर्ने अवस्थालाई अन्त्य गरिनुपर्नेमा उनको जोड छ । अर्थतन्त्र सुधारका लागि विद्युतीय गाडीहलाई भन्सार छुट गर्ने, तरकारी अयातलाई कम गर्ने उपाय खोज्ने, आफूलाई चाहिने तरकारी उत्पादन आफैं गर्ने, प्राङगारिक मलमा जोड दिन सक्दा नेपालको अर्थतन्त्रमा सुधार आउने सांसद चौधरीले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?