+
+

टिभी रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १०:१७

काठमाडौं । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो ।

निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो ।

सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको जानकारी निर्माता पाण्डेले दिए । प्री-अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेज पनि थालिएको छ । ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ समेत अघि बढेको छ भने चैत महिनादेखि शो प्रसारण हुने भएको छ ।

पुसमा छायांकन सेट सार्वजनिक भएको थियो । शोमा १८ एपिसोड हुनेछ । एकसय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाख भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन ।

शोले मनोरन्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका बिषयलाई समेट्ने जनाइएको छ । मुलुकको गेस्ट्रोनोमि टुरिजमलाई समेत यसले टेवा पुग्ने आशा निर्माताले लिएका छन् । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?