+
+

क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग  खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते ७:०६

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो । पहिलो खेलमा २९३ रनको लक्ष्य पछ्याउने क्रममा ६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा २७८ रन बनाउँदै ३ विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाए पनि नेपालले लक्ष्य भेट्टाउन सकेन । यस्तै दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरिले १०५ रन बनाएका थिए ।

नेपाल र पीएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो ।

लिग टु मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । यसपछि नवौँ तथा लिग टुको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।

नेपाल भर्सेस पीएनजी हेड टु हेड

खेल : ६

नेपाल विजयी : ४

पीएनजी विजयी : २

नेपाल पीएनजी खेलको नतिजा

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल २ विकेटले विजयी

नेपाल टुर टु ओमान २०२१ सेप्टेम्बर : नेपाल १५१ विकेटले विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल २ विकेटल विजयी

क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : नेपाल ७ विकेटले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ६ रनले विजयी

पीएनजी टुर टु नेपाल २०२२ मार्च : पीएनजी ३ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?