+
+

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ९:५६
काठमाडौंबाट भैरहवा जाँदाजाँदै धादिङको आकासबाट फर्किएको श्री एयरलाइन्सको जहाज । फोटो : फ्लाइट राडार ।

२५ फागुन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ । जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।  यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको छ । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको छ ।

विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए । जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?