+
+

प्रकाश सपुतले २०८० लाई जातीय विभेदविरुद्धको वर्ष बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १७:४२

काठमाडौं । गायक प्रकाश सपुतले २०८० साललाई जातीय विभेदविरुद्धको वर्ष बनाउने भएका छन् । जसकारण २०७९ सालभित्रै नयाँ गीत ‘सकम्बरी’ रिलिज गर्न लागेको उनको भनाइ छ । आगामी वर्ष आउने आफ्ना सिर्जनाहरु जातीय विभेदविरुद्ध हुने उनले उल्लेख गरेका छन् ।

फेसबुकमा प्रकाश लेख्छन्, ‘अलि हतार गरेर यो गीत यही वर्ष २०७९ भित्रै प्रकाशन गर्दैछु । किनकि अर्को वर्ष २०८० लाई आफ्ना सिर्जनामा ‘जातीय विभेदविरुद्धको वर्ष’ भनेर गर्ने सोच बनाएको छु । केही सिर्जना जातीय विभेदविरुद्ध आउनेछन् । मलाई विश्वास छ जसरी अघिल्ला सिर्जनामा नजानिंदो गरी देखाइएका सामाजिक विषयलाई गम्भीर रुपमा लिनुभएको छ । यसरी नै आगामी सिर्जनाका विषयलाई पनि साझा मुद्दाको रुपमा लिनुहुनेछ । मनन गर्नुहुनेछ । चाहे जति नै निरुत्साहित गरियोस् वयवसायिक हिसाबले मनोरन्जन प्रदान गर्ने र जिम्मेवार नागरिका हिसाबले सामाजिक विषयमा आवाज उठाउने प्रयासमा कमी आउनेछैन ।’

भोलि (शुक्रबार) सकम्बरी गीत सार्वजनिक गर्न लागेको पनि प्रकाशले जानकारी गराएका छन् । उनले यसअघि पनि सामाजिक र राजनीतिक विषयमा गीतहरु सार्वजनिक गर्दै आएका छन् । प्रकाश यतिबेला हिमालय लोकस्टारको होस्टको रुपमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘परदेशी २’ आगामी दशैंमा प्रदर्शन हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?