+
+

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १७:५१

४ वैशाख, काठमाडौं । लन्डन म्याराथनमा सहभागी हुन ३ पुरुष भेट्रान खेलाडीसहित ४ सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन जाने भएका छन् ।

रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेरसमूहमा दौड्ने छन् ।

सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् । सबैसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ ।

त्यस मध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् । उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका छन् ।

रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।

टोलीलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपालका अध्यक्ष दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मीलगायतले उनीहरूलाई सोमबार बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?