+
+

सुवास तामाङ विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते २०:५०

३० वैशाख, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासेफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सञ्चालन गर्ने एएसी एकेडेमी प्रशिक्षणमा‌ सहभागी हुन अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सुवासला२ शुभकामनासहित बिदाई गरे । सुवासले जेठ १ देखि ५ गतेसम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागिता जनाउने छन् । सुवास हाल विश्व एमेच्योर गल्फ वरीयतामा १८९ औं स्थानमा रहेका छन्।

मेलबर्नमा सुवासले विज्ञहरुबाट सञ्चालन हुने गल्फ, खेल विज्ञान, फिटनेस लगायतका सेसनमा भाग लिनेछन् । आगामी अक्टोबर महिनामा रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने एसिया प्यासेफिक एमेच्योर च्याम्पियनसिपको तयारीका लागि खेलाडीहरुलाई विशेष प्रशिक्षण प्रदान गर्ने योजनाका साथ एएसी एकेडमी आयोजना गरिएको जनाइएको छ।

अक्टोबर २६ देखि २९ सम्म रोयल मेलबर्न‌ गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सदभाव आचार्यले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?