+
+

भक्तपुरको आगलागीमा दुई करोड २९ लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २ गते ७:४६

२ जेठ, काठमाडौं । आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो ।

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर मुचुल्का गरी सार्वजनिक गरेको विवरणमा दुई करोड २९ लाख बराबरको क्षति भएको उल्लेख छ ।

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएको थियो । त्यही आगो फैलिँदै सँगैको घर र कृपालु फर्निचरमा समेत आगलागी भएको थियो ।

मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासी खटिएका थिए । पाँचवटा दमकल प्रयोग गरिएको थियो । आइतबार राति साढे १० बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?