+
+

रोजगारी सिर्जनाको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सोझै बजेट पठाउँछौं : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १३ गते २१:१८

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी एकीकृत कार्यक्रम ल्याउने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसहितका विभिन्न कार्यक्रमलाई गाभेर छोटो अवधिको तालिम सञ्चालन र उत्पादन वृद्धिको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सिधै बजेट पठाउने गरी बजेट ल्याउने उनले बताए ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विगतमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतका कार्यक्रम प्रभावकारी नभएकाले यस्ता अरु पनि कार्यक्रम गाभेर एकीकृत कार्यक्रम ल्याउने बताएका हुन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाजस्ता कार्यक्रमको सदुपयोग भएन । त्यसैले त्यस खालको कार्यक्रम गाभेर एकीकृत कार्यक्रम अन्तर्गत सिधै गाउँपालिकामा रकम जाने र त्यस खालको तालिम र उत्पादन कार्यक्रम अगाडि बढाउने बारेमा सोचेका छौं, यसबारेमा बजेट वक्तव्यमा प्रष्ट रुपमा आउनेछ’ उनले भने ।

सरकारले रोजगार सृष्टि गर्ने र उत्पादन वृद्धि गर्न ७५३ वटै स्थानीय तहमा युवालाई छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्ने र उत्पादन कार्यमा परिचालन गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?