+
+

अनुसन्धान, नवप्रवर्तन र इआविष्कार कोषका लागि एक अर्ब विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:२०

१५ जेठ, काठमाडौं । सरकारले नवप्रवर्तन, आविष्कार र अनुसन्धान सम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्टै इकाई स्थापना गरिने भएको छ ।

अर्थ मन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिने र त्यसको लागि इकाई स्थापना गरिने मन्त्री महतले घोषणा गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र इआविष्कारका लागि छुट्टै कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गरिनेछ। सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी कार्यक्रमलाई यसमा आबद्ध गर्दै लगिने र प्रदेश र स्थानीय तहलाई यस कोषमा रकम जम्मा गर्न प्रोत्साहित गरिने मन्त्री महतले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?