+
+

फिल्म ‘परस्त्री’को गीत ‘माया बस्यो’मा रोमान्टिक शिल्पा र गौरव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १३:४४

काठमाडौं । आगामी असार १५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को रोमान्टिक गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक भएको छ । कोसिस र केतन क्षेत्रीद्वारा संगीतबद्ध गीतमा शिल्पा मास्के र गौरव विष्ट फिचर्ड छन् । मुस्ताङी ल्याण्डस्केपमा छायांकन गरिएको गीत रोमान्टिक मुडमा कम्पोज भएको छ ।

इरोटिक रोमान्स जनरामा निर्माण भएको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । त्रिकोणात्मक प्रेमको कथावस्तुमा बनेको फिल्ममा संगीतकार समेत रहेका कोसिसको पनि शीर्ष भूमिका छ । गत साता सार्वजनिक भएका पोस्टरको कारणले पनि फिल्मले चर्चा बटुलेको छ ।

रिलिज भएको गीतमा केतन क्षेत्री र निकिता थापाको स्वर छ । ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लेखेको पटकथामार्फत पाण्डेले डेब्यु निर्देशन गरेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्मलाई नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी छ । नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?