+
+
Shares
बक्स अफिस :

एक हप्तामा १७ हजार मात्र कमायो, तैपनि शीर्षस्थानमा ‘गौँथली’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डको साप्ताहिक बक्स अफिस रिपोर्टमा ‘गौथली’ ३६ करोड २ लाख ८७ हजार ६ सय ९० रुपैयाँसहित पहिलो स्थानमा छ ।
  • दोस्रो स्थानमा ‘पेन्सन पट्टा’ले ३ लाख ४७ हजारभन्दा बढी टिकट बिक्री गर्दै ९ करोड ८८ लाख ९२ हजार १ सय ८८ रुपैयाँ कमाएको छ ।
  • तेस्रो स्थानमा ‘बा : एक योद्धा’ले १ लाखभन्दा बढी टिकट बिक्री गर्दै ३ करोड ५ लाख २२ हजार ५ सय २ रुपैयाँ आम्दानी गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने साप्ताहिक बक्स अफिस रिपोर्टमा यसपटक कुन फिल्मको हालीमुहाली छ ?

यसको जवाफ त्यति नयाँ र रोचक छैन । किनभने भर्खरै प्रदर्शनमा आएका तीन फिल्मलाई छाडेर सार्वजनिक गरिएको रिपोर्टले पुरानै सिलसिला कायम रहेको देखाएको छ ।

जस्तो, पहिलो नम्बरमा ‘गौँथली’ छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘पेन्सन पट्टा’ र ‘बा : एक योद्धा’ छन् ।

पहिलो नम्बरमा रहेको ‘गौँथली’ले कति कमाइ गर्‍यो त ? बक्स अफिस कलेक्सनले देखाउँछ, ३६ करोड २ लाख ८७ हजार ६ सय ९० रुपैयाँ । यो अंक अघिल्लो हप्ता सार्वजनिक रिपोर्टभन्दा १७ हजार रुपैयाँ मात्र बढी हो । कुल कमाइका हिसाबले ‘गौथली’ शीर्षस्थानमा रहे पनि पछिल्लो साता यसको व्यापार सुस्त देखिएको छ ।

यस्तै, दोस्रो नम्बरमा ‘पेन्सन पट्टा’ छ । यो फिल्मले ३ लाख ४७ हजारभन्दा बढी टिकट बिक्री गरेको छ । त्यसबाट ९ करोड ८८ लाख ९२ हजार १ सय ८८ रुपैयाँ आर्जन गरेको छ ।

तेस्रो नम्बरमा ‘बा : एक योद्धा’ छ । यो फिल्मले १ लाखभन्दा बढी टिकट बिक्री गरेको छ । यसको कुल कमाइ ३ करोड ५ लाख २२ हजार ५ सय २ रुपैयाँ छ । चौथो नम्बरमा ‘बेहुली’ छ । यो फिल्मले १ लाख टिकट बिक्री गर्दै ‘बा : एक योद्धा’लाई पछ्याइरहेको छ । यसको कमाइ २ करोड ९९ लाख ४० हजार ७ सय २४ रुपैयाँ छ ।

यस्तै, ‘आचार्य’ले ५६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ । त्यसबापत यसले १ करोड ६२ लाख २७ हजार ९ सय ४६ रुपैयाँ कमाएको छ । ‘झिंगेदाउ’ले ४८ हजारभन्दा बढी टिकट बिक्री गरेको छ । त्यसबाट यसले १ करोड ४६ लाख १२ हजार ९ सय १६ रुपैयाँ कमाएको छ ।

समीक्षाका हिसाबले राम्रो भनिएको ‘इलिफेन्ट्स इन द फग’ले जम्मा ३७ हजार हाराहारी टिकट बिक्री गरेको छ । यस फिल्मको कमाइ १ करोड ३१ लाख ६० हजार ५ सय ४५ रुपैयाँ छ । यस्तै, ‘चमेलीको पोई’ र ‘चंगुल’ अन्तिम स्थानमा छन् । ‘चमेलीको पोई’ले १ हजार टिकट बिक्री गर्दै ५ लाख ५ हजार रुपैयाँ कमाइ गर्दा ‘चंगुल’ले १ लाख ३८ हजार रुपैयाँ कमाएको छ ।

यसपटक प्रदर्शनमा आएका तीन फिल्म ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’ को रिपोर्ट सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?