+
+

‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्ष हलिउडबाट विश्राम लिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १२:२४

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम हल्याण्डले एक वर्षको लागि हलिउड अभिनयबाट विश्राम लिने भएका छन् । ‘एक्स्ट्रा’सँगको ताजा अन्तर्वार्तामा उनले एप्पल प्लसको क्राइम थ्रिलर सिरिज ‘द क्राउडेड रुम’ सकेपछि उनले अभिनयबाट विश्राम लिने खुलासा गरेका हुन् ।

यो शृंखलामा हल्याण्डले ड्यानी सुलिवानको भूमिका निर्वाह गरेका छन्, जो सन् १९७९ को गर्मीमा रकफेलर सेन्टरमा भएको गोलीकाण्डमा संलग्न भएको कारणले पक्राउ परेका थिए । यो टिभी शो बिली मिलिगनको वास्तविक अपराधमा आधारित छ, जो स्मरण शक्ति भुल्ने समस्याले ग्रसित थिए ।

‘निश्चित रुपमा यो एक कठिन समय थियो,’ हल्याण्डले शोबारे एक्स्ट्रासँग भने, ‘हामीले निश्चित भावना खोजिरहेका थियौं, जुन मैले पहिले कहिल्यै अनुभव गरेको थिइनँ । यसबाहेक फिल्म निर्माताको रुपमा छायांकन सेटमा दैनिक रुपमा अतिरिक्त समस्याको दबाब मात्र थपियो ।’

उनले निर्माता बन्ने तरिका सिक्न खोजेको तर एउटै फिल्ममा निर्माता र अभिनेताको रुपमा दुईवटा उत्तरदायित्व बहन गर्दा यसले मानसिक स्वास्थ्यमा असर गरेको उनको भनाइ छ । ‘म कडा परिश्रम गर्ने मान्छे हुँ,’ हल्याण्डले भने, ‘म मेहनत राम्रो काम हो भन्ने विचारमा बाँचेको छु । तर शोले मलाई कठिन तुल्यायो । त्यहाँ कुनै समय यस्तो आयो जतिबेला मलाई विश्राम चाहिएको थियो र गायब भएँ । एक हप्ताको लागि मेक्सिको गएँ र समुन्द्र तटमा समय बिताएँ । म अब एक वर्षको बिदा लिंदैछु, र यो शो कत्ति गाह्रो थियो भन्ने परिणाम हो । म कसरी सकिन्छ भन्ने बुझ्नका लागि म उत्साहित छु । हाम्रो मेहनत व्यर्थ भएन जस्तो मलाई लाग्छ ।’

हल्याण्डले इन्टरटेनमेन्ट विक्ली म्यागजिनसँग बताएअनुसार उनी एक वर्ष चार महिनादेखि शान्त छन् । उनले मानसिक स्वास्थ्यको यो कुरामा ध्यान दिने श्रेय एप्पल टिभी प्लस श्रृंखलालाई समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?