+
+

६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १२:३६

२९ जेठ, काठमाडौं । एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । ती जर्मन नागरिकको राहदानी नम्बर c9wl4kwol हो ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो ।

व्युरोका प्रहरी उपरीक्षक जोशीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?