+
+
Shares

वान एक्स बेटमा पक्राउ परेका ८ कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १८:३२

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको जानकारी दिए । यसअघि दिइएको तीन दिनको म्याद सकिएपछि थप ६ दिन थप गर्न अदालतले अनुमति दिएको हो ।

बिहीबार पक्राउ परेका उनीहरुले अनलाइन जुवा प्रचारप्रसारका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाइसकेको छ । प्रहरीले यसबारे थप अनुसन्धान गर्ने जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा (जिडी) लाई पक्राउ गरेको थियो ।

प्रहरीले बुधबार पक्राउ परेको एउटा गिरोहमार्फत ‘वान एक्स बेट’बाट एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको तथ्य फेला परेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?