+
+

अमेरिकाविरुद्ध नेपालको राम्रो सुरूवात, करणले लिए चार विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १३:४१

५ असार, काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।

अमेरिकाले  १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?