+
+

‘नेपाली हाम्रो जात’बाट हटाइयो राजु परियारको स्वर र विवादित दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते १७:१०

काठमाडौं । अन्ततः विवादित गीत ‘नेपाली हाम्रो जात’बाट गायक राजु परियारको स्वर हटाइएको छ । संगीतकार डीआर सुजनले गीतबाट परियारको स्वरसहित विवादित दृश्य हटाउँदै गीतको नयाँ संस्करण पुनः अपलोड गरेका छन् ।

‘बाहुन क्षेत्री मुर्दाबाद’ भनिने नारा लगाइएको दृश्यलाई हटाएर ‘जातिवाद मुर्दावाद’ राखिएको छ । दर्शकले यो गीतमा अब राजुको ठाउँमा अर्जुन कुवँरको आवाज सुन्न पाउनेछन् । जातिवादी नारा लगाइएका दृश्य राखिएपछि सामाजिक सञ्जालमा गीतलाई लिएर विरोध भइरहेको थियो ।

गीतसँगै गायक परियारले पनि आलोचना खेपिरहेका थिए । असार ४ गते फेसबुकमा स्टाटस लेख्दै गायक परियारले आफूलाई झुक्काएर गीत गाउन लगाइएको भन्दै आफ्नो स्वरलाई तत्काल सेन्सर गरिदिन आग्रह गरेका थिए । ‘म सभ्य र सु्न्दर समाजको निर्माण, सबै जातजाति, भाषा, धर्मको सुन्दर संयोजन । समाज कता जाँदैछ हैन, कता लैजाँदैछौं भन्ने कुराको सबैमा हेक्का होस् । पुनः मलाई यस किसिमले विवादित बनाउने मनसाय नराखिदिनुहोला,’ उनले भनेका थिए ।

यो विवादित गीतमा अहिले सुजन र अर्जुनसहित हेमन्त कान्छा रसाइली र धर्म गन्धर्वले स्वर दिएका छन् । तेस्रोपटक यो गीत युट्युबमा अपलोड भएको हो । लगातारको विवाद र पटकपटक अपलोड गर्दा गीतको भ्युज प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?